ब्याजबाटै ९ अर्ब आम्दानी गर्दा पनि एनआईसिएको बढेन नाफा, इपिएस कति ?

Apr 19, 2018 merolagani

आक्रमक व्यापार विस्तारले खर्च अत्याधिक
बाणिज्य बैंकहरुमध्ये शाखा विस्तारका साथै कर्जा लगानीमा आक्रमक रुपमा प्रस्तुत भएको एनआईसी एशिया बैंक (NICA) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा भने नाफा खस्केको विवरण सार्वजनिक गरेको छ । आम्दानीको अनुपातमा बैंकको खर्च बढेपछि नाफा १८.५१ प्रतिशतले घटेको छ ।

बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा २१ करोड ७ लाख अर्थात १८.५१ प्रतिशतले घटेको हो ।

गतबर्षको तेस्रो त्रैमासमा एक अर्ब १३ करोड खुद नाफा कमाएको बैंकको नाफा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ९२ करोड ७६ लाखमा खुम्चिएको छ । 

बैंकको ब्याज खर्च, अन्य सञ्चालन खर्च, कर्मचारी खर्च, कर्जा नोक्सानी व्यवस्था खर्च लगायतको खर्च बढेपछि बैंकको नाफा खस्किएको हो । बैंकको ब्याज खर्च नै ३ अर्ब ६२ करोडले बढेको छ । कर्मचारी खर्च ३२ करोड, अन्य संचालन खर्च ३४ करोड र नोक्सानी व्यवस्थामा मात्रै ४० करोड रुपैयाँ खर्च बढेको छ ।

बैंकले यसअवधिमा ९ अर्ब ९ करोड व्याज आम्दानी गरेको बैकंले निक्षेप अभावले चर्को व्याजदर तिर्नुपर्दा ६ अर्ब ४४ करोड रुपैयाँ नै व्याज खर्च गरेको छ । यसबाट बैंकले खुद व्याज आम्दानी ८१ करोड अर्थात ४४.११ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको कर्जा विस्तार ५९.७३ प्रतिशत र निक्षेप संकलन ६९.१४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले एक खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी बढेपनि निक्षेप बैंकको निक्षेप लागत २.५५ प्रतिशतले बढेर ७.८४ प्रतिशतमा पुगेको छ ।

नाेट: रकमलार्इ हजारमा गणना गरिएकाे छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा १८ करोड खराबकर्जा उठाएको बैंकले ५१ करोड ३३ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थापनमा राखेको छ ।

यस अवधिमा बैंकको कर्जा निक्षेप ७६.१६ प्रतिशत र पूँजी कोष अनुपात १३.१८ प्रतिशत रहेको छ ।

१५ प्रतिशत हकप्रद र २० प्रतिशत बोनसबाट आठ अर्ब तीन करोड चुक्ता पूँजी पुर्याएको बैककाे प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५८ पैसा, तरलता अनुपात २०.४२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।