पोखरा फाइनान्सको लिलामी सेयर बाँडफाँड

Apr 19, 2018 Merolagani

पोखरा फाइनान्स (PFL) ले चैत १८ गतेदेखि २५ गतेसम्म लिलामी गरेको सेयरको बोलपत्र बिहीबार फाइनान्सको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा खुला भएको छ । फाइनान्सको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटलले ९९ हजार १२९ कित्ता साधारण सेयरको प्रारम्भिक कटअफ मूल्य १४० रुपैयाँ निर्धारण भएको जनाएको छ । त्यस्तै ८० हजार ३४८ कित्ता संस्थापक सेयरको कटअफ मूलय एक सय रुपैयाँ कायम भएको छ ।

साधारण सेयरका लागि ४३० जनाले बोलपत्र पेश गरेकोमा १६ आवेदकले सेयर प्राप्त गरेका छन् ।

साधारण सेयरका लागि अधिकतम १६० रुपैयाँसम्मको आवेदन परेकोमा १४० रुपैयाँमा बोलपत्र पेश गर्ने लगानीकर्ताले फाइनान्सको सेयर सकारेका हुन् ।

उता संस्थापक सेयरको लागि ७ वटा बोलपत्र पेश भएकोमा सबै लगानीकर्ताले मागेको मूलयमा नै संस्थापक सेयर प्राप्त गरेका छन् । संस्थापक सेयरका लागि अधिकतम १०३ रुपैयाँ ५० पैसा सम्मको बोलपत्र पेश भएको थियो ।

फाइनासले चुक्ता पूँजीको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद सेयर निष्काशन गर्दा अवितरित सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएको थियो ।

७५ करोड ४१ लाख ५६ हजार रूपैंया चुक्ता पुँजी रहेको पोखरा फाइनान्सले ८.२६ प्रतिशत अर्थात ६ करोड २२ लाख ९९ हजार ९०७ रूपैयाँको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसपश्चात फाइनान्सको चुक्ता पूँजी ८१ करोड ६४ लाख रूपैयाँ पुग्नेछ ।

फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३ लाख ३९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा कायम गरेको थियो । फाइनान्सको सेयरमूल्य बिहीबार प्रतिकित्ता १६६ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।