कुल निक्षेपमध्ये २१ खर्ब ९० अर्ब स्वदेशी मुद्रामा तथा ७८ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप हो । बैंकहरुले १९ खर्ब ५८ अर्ब स्वदेशी मुद्रामा र विदेशी मुद्रामा ४४ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।
फागुनको मसान्तमा २२ खर्ब १९ अर्ब रहेको निक्षेप चैत्रमसान्तमा २२ खर्ब ६८ अर्ब पुगेको छ भने कर्जा १९ खर्ब ६२ अर्बबाट २० खर्ब २ अर्ब पुगेको छ ।
तेस्रो त्रैमासिक अवधिमा मात्रै वाणिज्य बैकहरुमा निक्षेप ५४ अर्ब तथा कर्जा ८० अर्बले बढेको छ । दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा वाणिज्य बैंकहरुले २२ खर्ब १४ निक्षेप संकलन गरेर १९ खर्ब २२ अर्ब कर्जा विस्तार गरेका थिए ।
बैंकहरुले बचतकर्तालाई दिने व्याज चैत महिनामा खातामा जम्मा हुने र उक्त रकम समेत निक्षेपका रुपमा गणना हुँदा निक्षेप वृद्धिमा सुधार देखिएको हो ।
असार, असोज, पुस र चैत अन्तिममा व्याज पुँजीकरण हुने हुँदा निक्षेपको वृद्धिदर उच्च देखिने गरेको छ । त्यस्तै यहि समयमा आयकर बुझाउने भएकाले पनि चैत अन्तिममा कर्जा प्रवाह उच्च देखिने गरेको हो ।