सेयर बजारमा एकैदिन थपियो ६ अर्ब ३६ करोडको सेयर

Apr 19, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा विहीबार तीन बाणिज्य बैंक सहित एक दर्जन कम्पनीहरुको ६ अर्ब ३६ करोड तीन लाख १३ हजार दुई सय रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । कम्पनीहरूको बोनस र हकप्रद गरेर ६ करोड ३६ लाख तीन हजार १३२ कित्ता सेयर सूचीकृत भएको हो ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, गण्डकी विकास बैंक, सिन्धु विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्तको सेयर सूचीकरण भएको हो । 

त्यसैगरि गरिमा विकास बैंकले बिहीबारै ३ लाख १५ हजार ८८४ दशमलव ८६ कित्ता सेयर साधारण सेयरमा रुपान्तरण गरेको छ । बैंकले ७० प्रतिशत संस्थापक सेयरमध्ये १९ प्रतिशत सेयर सधारणमा रुपान्तरण गरेको हो । यसपछि बैंकमा संस्थापक साधारण सेयर अनुपात ५१४९ कायम भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।