सिद्धार्थको खुद नाफा २८ प्रतिशतले बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी

Apr 20, 2018 Merolagani

सिद्धार्थ बैंक (SBL) ले तैस्रो त्रैमासमा २८ प्रतिशतले खुद नाफा बढाएर एक अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको नाफा ९५ करोड ७० लाख रुपैयाँ रहेको थियो । ५२ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने ४ रुपैयाँले घटेर २० रुपैयाँ ३९ पैसामा झरेको छ ।

गत बर्ष ४.८० रहेको बैंकको कोषको लागत बढेर ७.४९ पुगेपछि आधार व्याजदर ७.६७ बाट ११.३० प्रतिशतमा उक्लेको छ । यसले कर्जा लिने ऋणीलाई कर्जाको व्याजदर उच्च तिनुपर्ने देखाउँछ ।

बैंकले निक्षाेप संकलन र कर्जा प्रवाह दुबै २० प्रतिशतले बढाएकाे छ । नौ महिना अवधिमा बैंकले ९० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ८८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यसबाट बैंकले आफ्नो खुद व्याज आम्दानी ३४ करोडले बढाएर दुई अर्ब २० करोड पुर्याएको छ ।

सिद्धार्थ बैंकको जगेडा कोषमा तीन अर्ब ६० करोड सञ्चित छ । यस अवधिमा बैंकले ७८ करोडले जगेडा बढाएको हो । बैंकको कर्मचारी खर्च १५ करोड, अन्य सञ्चालन खर्च ८ करोड बढीले मात्र बढेको देखिन्छ । खर्च वृद्धिलाई नियन्त्रणमा राख्दा बैंकको नाफामा भने सुधार आएको हाे ।

निष्कृय कर्जा अनुपातलाई १.७१ बाट १.३१ मा घटाएको बैंकले यस अवधिमा ३८ करोड ६० लाख रुपैयाँ नोक्सानी व्यवस्था गर्दा २६ करोड ५० लाख फिर्ता गरेको देखिन्छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७८.१० प्रतिशत, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा, तरलता अनुपात २१.४८ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.८६ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।