तेस्रो त्रैमासमा आएर मात्रै सिटिजन्स बैंकले जगायो आशा

Apr 20, 2018 merolagani

चालु आर्थिक बर्षको पहिलो र दोस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रस्तुत गरेर लगानीकर्तालाई निराश पारेको सिटिजन्स बैंक (CZBIL) ले तेस्रो त्रैमासमा आईपुग्दा भने नाफा बढाएको छ । बैंकले यसअवधिमा १४.३९ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण प्रस्तुत गरेको छ ।

तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ९८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतबर्षको यसैअवधिमा बैंकले ८८ करोड २८ लाख खुद नाफा गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी सुधार र खराब कर्जा असुली बढेपछि मुनाफा बढेकोे हो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३२.७२ प्रतिशत, खुद ब्याज आम्दानी १६.८९ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकले ४० करोड खराबकर्जा उठाएको छ । जसले गर्दा बैंकको खराबकर्जा समेत १.५५ प्रतिशतबाट १.४७ प्रतिशतमा झरको छ । जोखिम व्यवस्थापनमा अझै २४ करोड छुट्याएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब ८७ करोड रुपैंयाबाट आठ अर्ब तीन् करोड रुपैंया पुगेको छ । जगेडा कोष २ अर्ब १७ करोडबाट २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको यसअवधिमा निक्षेप संकलनको अनुपातामा कर्जा लगानी झण्डै दोब्बर पुगेको छ । चैत्र मसान्तसम्मा बैंकले ६० अर्ब २५ करोड निक्षेप उठाएर ५५ अर्ब ८२ करोड कर्जा लगानी गरेको छ । गतबर्षको यसै अवधिमा बैंकले ५५ अर्ब ५६ करोड निक्षेप संकलनगरी ४७ अर्ब ८० करोड कर्जा लगानी गरेको थियो ।

गतबर्षको तुलनमा बैंकको निक्षेप ८ प्रतिशत तथा कर्जा १६ प्रतिशतले बढेको छ । जसले गर्दा बैंक सिडि रेशियो ७८.३८ प्रतिशत पुगेको छ ।

बैंकको कोषको लागत ७.१० प्रतिशतबाट बढेर ८.३५ प्रतिशत पुगेको छ । जसका कारण उसले सस्तो व्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था देखिँदैन ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ रुपैंया ७६ पैसा कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १५.५१ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ५६ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।