युनाइटेड फाइनान्सको नाफा तीन करोड घट्यो, नाफा घट्ने कारण यस्ताे

Apr 20, 2018 Merolagani

युनाइटेड फाइनान्स (UFL) को खुद नाफा चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४० प्रतिशत अर्थात ३ करोड ४३ लाख रुपैयाँले घटेको छ । फाइनान्सले गत आवको यसै अवधिमा आठ करोड ५० लाख खुद नाफा आर्जन गरेकोमा ५ करोड ७ लाखमा सीमित भएको हो ।

चुक्ता पूँजी वृद्धिको तुलनामा फाइनान्स कम्पनीले नाफा बढाउन नसक्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबैमा गिरावट आएको छ । फाइनान्सले तरलता संकटले व्यवसाय विस्तार गर्न नसक्दा तथा संस्थाको होडवाजीले फाइनान्सको नाफामा संकुचन आएको जनाएको छ । 

यस अवधिमा फाइनान्सले ५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ८३ करोडको कर्जा प्रवाह गरेको छ । फाइनान्सले फाइनान्सको निक्षेप ४ र कर्जा प्रवाह ६ प्रतिशतले बढेको देखिन्छ ।

८० करोड ५ लाख रुपैयाँ रहेको चुक्ता पूँजी फाइनान्सको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ४६ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.३५ पैसा तथा तरलता अनुपात १९.४० तथा मूल्य आम्दानी अनुपात २३.६५ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।