व्याज खर्च र संम्भावित नोक्सानी व्यवस्थाले घट्याे सिर्जना फाइनान्सको नाफा

Apr 20, 2018 Merolagani

सिर्जना फाइनान्स कम्पनी (SFFIL) ले चालू आवको तेस्रो त्रैमासमा पाँच करोड ५८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको तुलनामा दुई करोड ७१ लाख रुपैयाँ कम हो ।

गत बर्षको तुलनामा व्याज खर्च एक करोड ४७ लाखले बढ्दा खुद व्याज आम्दानी २० करोड २५ लाखबाट १२ करोड ३८ लाखमा कमी आएको छ ।

त्यस्तै निष्कृय कर्जा अनुपात बढेर ३.७० प्रतिशतमा चढेपछि कर्जा नोक्सानी व्यवस्था बापत मात्र ६ करोड व्यवस्था गरेको छ जसले गर्दा फाइनान्सको खुद नाफा घटेको हो ।

फाइनान्सले निक्षेप संकलन ६१.२४ प्रतिशतले बढाएर ४ अर्ब ५६ करोड रुपैयाँ गरेको छ भने कर्जा विस्तार एक अर्ब ०९ करोड रुपैयाँले बढाएर ३ अर्ब ६२ करोड बराबरको प्रवाह गरेको देखिन्छ ।

४० करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५६ पैसा, निक्षेप लागत ९.४० प्रतिशत, कर्जा निक्षेप पूँजी अनुपात ७१.६९ प्रतिशत र  पूँजीकाेष १४.७९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।