सिटिजन लाइफले पारित ग-यो ७५ करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव

Apr 20, 2018 Merolagani

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम बार्षिक साधारणले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले जारी पूँजी दुई अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको संक्षिप्त व्यवसायिक समिक्षा एवं नेपालमै पहिलो पटक आफ्नै जीवनमा दुई गुणा बीमाड्ढ तथा बोनस समेत भुक्तानी हुने बाचुञ्जेलको साथी, एउटै बीमा काफी भन्ने नाराका साथ जीवन सारथी बीमा योजना प्रचलनमा ल्याइएको बताए ।

यसै गरी साधारण सभाले प्रदिप जंग पाण्डेलाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्दे संस्थापक शेयरधनीका तर्फबाट अन्य चार जना सञ्चालकहरु सुमित कुमार अग्रवाल, अनोज रिमाल, महेश स्वाँर र मनोज कार्की तथा स्वतन्त्र र व्यवसायिक सञ्चालकमा इन्द्र प्रसाद कर्मचार्यलाइ नियुक्त गरेको छ ।

कम्पनीले चालू आवको अन्त्यसम्म ४० स्थानमा व्यवसायिक सञ्जाल विस्तार गरि साधारणको पहुँचमा जीवन बीमा सेवा पुर्याउने जनाएको छ ।

इन्स्योरेन्सले ०७४ कार्तिक २ गतेदेखि व्यवसायिक कारोबार थालेको कम्पनीले विभिन्न ३५ कार्यलयहरु मार्फत बीमा सेवा प्रदान गर्दे आईरहेको छ । कम्पनीले गत दोस्रो त्रैमाससम्ममा पाँच करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।