लगानीयोग्य रकम अभाव हुँँदा पनि बैंकहरुको प्रगती उत्साहप्रद

Apr 21, 2018 merolagani

गत बर्ष मात्र होईन चालू आर्थिक बर्षमा पनि वित्तीय क्षेत्रमा सधैजसो लगानी योग्य रकम अभाव रहेको चर्चाहरु चलिरहे । जसले गर्दा बैंकहरुले कर्जा विस्तार ठप्पै पारेको खबर समेत आए तर चालु अर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुको प्रतिवेदनले भने बैंकहरुको कर्जा तथा निक्षेप दुवैमा उत्साहजनक सुधार देखिएको छ ।



हालसम्म चार वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । यी बैंकहरुको चालू बर्षको तुलनामा गत बर्ष र गत बर्षको तुलनामा अघिल्लो बर्षको वित्तीय विवरण नियाल्दा अधिकांश सूचंकमा सुधार हुँदै गएको देखिन्छ ।

 

निरन्तर वित्तीय क्षेत्रमा लगानी योग्य रकम अभाव झेलेको खबरहरु आईरहे पनि बैंकहरुको खातामा निक्षेप र कर्जा भने बढ्दै गएको छ । कर्जा निक्षेप मात्र होईन बैंकहरुले पूँजी बढाएको अनुपातमा क्रमश व्यापार र नाफा समेत वृद्धि गर्दे गरेको तथ्यले बताउँछ ।

हामीले यहाँ हालसम्म चालू आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका चार बाणिज्य बैंकको ०७२ र ०७३ चैत्र मसान्त, त्यस्तै ०७३ चैत्र मसान्त र ०७४ चैत्र मसान्तसम्मको वित्तीय विवरणलाई तुलनात्मक रुपमा प्रस्तुत गरेका गरेका छौं ।

हालसम्म विवरण सार्वजनिक गरेका एभरेष्ट, सिद्धार्थ, सिटिजन्स र एनआईसी एशिया बैंकको निक्षेप, कर्जा, सञ्चालन नाफा, ब्याज आम्दानी, खुद नाफा लगायत सबै सुधारन्मुख देखिन्छ । एनआईसी एशियाको भने अघिल्लो बर्षको तुलनामा सञ्चालन नाफा र खुद नाफा घटेको छ ।

 बैंकहरुमा लगानी योग्य रकम अभाव भएको चर्चा चलिरहदा बैंकहरुले निक्षेप समेत उत्तिकै मात्रमा बढाउँदै लगेका छन् । हुनत बैंकहरुबीच निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा समेत चल्यो । पछि भद्र सहमति भन्दै यसलाई बैंकहरुले आफै नियन्त्रण गरे । तर पनि बैंकहरुले जुन रुपमा बैंकहरुमा लगानीयोग्य रकम नै छैन भन्ने गरेका थिए । उनीहरुले यसअवधिमा विस्तार गरेको कर्जाले भने यसलाई अस्विकार गर्छ । बैंकहरुले निक्षेपको तुलनामा कर्जा विस्तार नै बढी गरेको पाइएको छ ।

निक्षेप तान्न आर्कषक ब्याजदर योजनाहरु ल्याउन माहिर एनआईसी एशियाले आफ्नो योजना अनुसार नै अन्य बैंकको तुलनामा निक्षेप संकलनमा राम्रो प्रगती गरेको छ । साथै उसले सोही अनुपातमा कर्जा समेत परिचालन गरेको देखिन्छ । अन्य बैंकहरुले पनि कर्जा निक्षेपको अनुपात सन्तुलन गरेका छन् । यसअघि बैंकको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक रहने अनुमान गरिँदै आएको थियो ।

अर्काेतर्फ आठ अर्ब चुक्तापूँँजी पुगिसेकोपछि बैंकहरुको आम्दानी विगतको तुलनामा कमजोर रहने आँकलन गरेपनि बैंकहरुले पूँजी बढेको अनुपातमा खुद नाफा क्रमश बढाउँदै लगेको देखिएको छ । तीन बैंकको नाफा वृद्धि औसत २० प्रतिशत रहेको देखिन्छ जुन उत्साहप्रद नै हो ।

तर सेयरपूँजी जुन अनुपातमा चार गुणासम्म बढेको छ त्यसको आधारमा भने विगतको प्रतिसेयर आम्दानी कायम राख्न बैंकहरुलार्इ अझै थप मेहनत अपरिहार्य छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।