ज्योति विकास बैंक र यूनियन लाइफबीच बैंकासुरेन्स सम्झौता

Apr 21, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार भएको सम्झौतामा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायब महाप्रबन्धक कपिल कुमार ढकालले हस्ताक्षर गरेका छन् ।

बैंकासुरेन्स सम्झौतासँगै बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

दुई अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ज्योतीले बैंकले एक लाख ५० हजार भन्दा बढि खाताबाट १५ अर्ब ६ करोड निक्षेप संकलन गरेको छ । त्यस्तै १० हजार भन्दा बढि ऋणीमा १३ अर्ब ८५ करोड ऋण लगानी गरेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।