सानिमा बैंककाे खर्च बढेपनि खुद नाफामा २७ प्रतिशतले सुधार, इपिएस सन्तुलित

Apr 22, 2018 Merolagani

तरलता संकटका बाबजुत सानिमा बैंक (SANIMA) ले तेस्रो त्रैमासमा खुद नाफामा २७ प्रतिशतले सुधार गरेर एक अर्ब २० कराेड रूपैयाँ कमाएकाे छ । बैंकले दोब्बर  बढेको ब्याजखर्च, ४८ प्रतिशतले बढेको कर्मचारी खर्च तथा खराब कर्जामा देखिएको ७२ प्रतिशत वृद्धिको बाबजुत उक्त्त नाफा अार्जन गरेकाे हाे ।

सानीमाले विगतका बर्षहरुमा बैंकले खराब कर्जा सबै बाणिज्य बैंकभन्दा थोरै राख्दै आएपनि चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा चार गुणा बढेर ०.१६ प्रतिशतमा पुगेको छ । जसका कारण बैंकको नोक्सानी व्यवस्था ११ करोड ५३ लाखबाट बढेर १९ करोड ९० लाख पुगेको छ ।

यसअघि वित्तीय विवरण सार्वजनिक गरेका अन्य बाणिज्य बैंकहरुसँग तुलना गर्दा पनि सानिमा कमजोर भने देखिँदैन । बैंकको खुद नाफा २७ प्रतिशत,  जगेडा कोष २९ प्रतिशत तथा निक्षेप संकलन र कर्जा परिचालन दुबै ३० प्रतिशत तथा ब्याज आम्दानी २५ प्रतिशतले बढेको छ ।

 

दोब्बर बढेको ब्याज खर्च र कर्मचारी खर्चका बाबजुत नाफा बढाउन बैंक सफल देखिन्छ तर आगामी दिनमा बैंकले खर्च घटाउँदै  खराब कर्जामा सुधार गर्न आवश्यक देखिन्छ ।

५० प्रतिशत बढेको चुक्ता पूँजीको अनुपातमा प्रतिसेयर आम्दानी झण्डै ४ रुपैयाँ गिरावट आएर २० रुपैयाँ २२ पैसा कायम भएको देखिन्छ । बैंकको अन्य आम्दानी शिर्षकहरु निक्षेप संकलन गरि गरेको व्यवसाय विस्तारको वृद्धिले ब्याज आम्दानीमा आएको सुधार, अन्य सञ्चालन आम्दानी बढ्दा प्रतिसेयर आम्दानी धेरै हदसम्म सन्तुलन कायम नै गरेको मान्नुपर्छ ।  

आठ अर्ब चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २४ पैसा, तरलता अनुपात २३ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.१८, पूँजी कोष १३.१५, कर्जाको आधार ब्याज दर १०.६३ प्रतिशत तथा निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्पेड दर) ४.०५ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।