२५ मेगावाटको अरुण काबेलीको निमार्ण सम्पन्न,वैशाख महिनाभित्रै विजुली बाल्ने तयारी

Apr 22, 2018 merolagani

अरुण काबेली पावर लिमिटेड (AKPL) ले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ आयोजनाले सबै काम सकी बिजुली बाल्ने तयारीमा जुटेको छ । पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा बनिरहेको आयोजनाले यही महिनाको अन्त्यसम्ममा बिजुली बाल्ने अरुण काबेलीले जनाएको छ ।

परियोजनाको बाँध, डिसेण्डर बेसीन, सर्ज टेयाङ्क, विद्युत गृहको काम शतप्रतिशत सम्पन्न भईसकेको छ । विद्युत गृहमा मेसीन जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । पेनस्टक पाईपको जडान पनि लगभग टुंगिएको आयोजनाको भनाई छ ।

अब पाईपमा पानी छिराई मेसीन सम्म पुर्याउने काम पनि यही बैशाख महीमा भित्रमा सम्पन्न भई बिजुली बाल्ने काम सूरु हुने जनाईएको छ ।

अरुण भ्याली हाईड्रोपावर लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको अरुण काबेलीले थाल्ने २५ मेगावाट बिजुली उत्पादनले देशको बिद्युत माग धान्नलाई ठूलो सहयोग पुर्याउने छ । निजी क्षेत्रबाट हालसम्म उत्पादित ठूलो बिद्युत मध्ये अरुण काबेली मुख्य हुने छ ।

यसले उत्पादन गर्ने बिजुली बर्षायाममा प्रति युनिट ४ रुपैयाँ असी पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसामा बिद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडले रु ४ करोड लगानी गरेको छ । आयोजना संचालन पश्चात अपि पावर कम्पनी लिमिटेडका शेयरधनिहरुले समेत मूनाफा प्राप्त गर्ने छन् ।

आयोजनाले बिजुली बाले पनि प्रसारण लाईनको मुख्य समस्या रहेको छ । सरकारले काबेली करिडोरमा बनाईरहेको ९० किलोमिटर लामो मेची करिडर प्रसारण लाईनको काम तोकिएको समयमा पुरा नगरेर पटक पटक म्याद थपिदा त्यहाँ बनिरहेका धेरै आयोजना मर्कामा परेका छन् । २०७४ बैशाखमा पुरा हुनुपर्ने प्रसारण लाईन निर्माणको काम अझैसम्म पुरा भएको छैन । यो प्रशारण लाईन यथासिघ्र सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय युद्ध स्तरमा लागिरहेका छन् ।

आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंक सहित ६ वटा बाणिज्य बैंकले लगानी गरेका छन् । चार अर्ब लाग्ने आँकलन गरिएकोमा प्रति मेगावाट १६ करोड रुपैयाँ लागत पर्ने देखिएको छ, जुन धेरै सस्तो लागत मानिएको छ ।

अरुण काबेलीले सर्बसाधारणमा सेयर जारी गरेर २०७४ बैशाखदेखि नेप्सेमा कारोबार थालेको हो । उसको सेयर स्वामित्व मध्ये एक अर्ब पाँच करोड संस्थापकको र ४५ करोड सर्बसाधारणको हिस्सेदारी छ । बिद्युत उत्पादन सुरु भएसँग अरुण काबेलीका लगानीकर्ताले चाँडै लाभांश पाउने संभावना बढ्ने बताईएको छ ।

आयोजनाले बार्षिक रुपमा ७६ करोड आम्दानी गर्ने आँकलन गरिएको छ र आयोजना पुरा भएको पाँचौ बर्षमा कमाई बार्षिक रुपमा ८७ करोडसम्म पुग्ने छ । कम्पनीले अरु आयोजनाहरुमा लगानी गर्नु पर्ने भएकाले लाभांश क्षमता बिकास भएको अबस्थामा बोनस सेयर नै दिने लक्ष्य किटान गरिएको आयोजनाले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।