कुमारी बैंकको २० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 22, 2018 merolagani

कुमारी बैंकले निष्कासन गर्न लागेकोे २० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कुमारीले हकप्रद प्रयोजनका लागि सोमबार (वैशाख १० गते) शेयर धनी दर्ता पुस्तिका बन्द गर्देछ ।



बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउने हुँदा बैंकको हकप्रद सुरक्षित गर्न आइतबारसम्मे सेयरधनी कायम हुनुपर्नेछ ।

कुमारीले १०ः२ अनुपातमा १ करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद बिक्री गर्देछ । जसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

गत वर्ष ५० प्रतिशत हकप्रद बिक्री गरेको कुमारीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार १६५ रुपैयाँ पुग्नेछ ।

८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नपुग रकम कुमारीले बोनसबाट पुर्याउनेछ । हालसम्म कुमारीले गत आर्थिक बर्षको बोनस घोषणा गरेको छैन ।

राष्ट्र बैैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने क्रममा कुमारीले हकप्रदको बाटो रोजेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।