लघुवित्तको व्याज खर्च तेब्बर र कर्मचारी खर्च मात्रै एक करोड ३२ करोडले बढेको छ । खराब कर्जा वापत लघुवित्तले एक करोड २४ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ । यसले कम्पनीकाे नाफामा असर पुगेकाे देखिन्छ ।
कालिका माईक्रोक्रेडिटले चालू आवको ९ महिना अवधिमा एक करोड ९२ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको तुलनामा १५ लाख रुपैयाँ कम हाे ।
गत बर्षको ७ करोड ३४ लाख व्याज आम्दानीलाई बढाएर लघुवित्तले १३ करोड १९ लाख आर्जन गरेकाे छ । जसले गर्दा व्याज खर्च पछि पनि लघुवित्तकाे खुद व्याज आम्दानी एक करोड ६७ लाख बढेर ६ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।
उता व्याज खर्च झण्डै तेब्बर अर्थात दुई करोड १७ लाखबाट ६ करोड ३९ लाख पुगेको छ भने कर्मचारी खर्च दुई करोड ६ लाखबाट तीन करोड ३८ लाख बढेको देखिन्छ । निष्कृय कर्जा अनुपात १.८९ प्रतिशत रहेको कालिकाले अन्य सञ्चालन खर्च भने ७६ लाख घटाएर दुई करोड १३ लाख मात्र गरेको छ ।
यस अवधिमा ४५ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ११ करोड ८ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । लघुवित्तले १७ करोड २७ लाख निक्षेप संकलन तथा ५० करोड ६४ लाख रुपैयाँ कर्जा विस्तार बढाएको छ । जुन प्रगतिउन्मुख छ ।