हाम्रो विकास बैंकले ७.३०% बोनस पारित गर्न बोलायो साधारण सभा

Apr 22, 2018 Merolagani

हाम्रो विकास बैंक (HAMRO) ले बैशाख ३१ गते बिहान ११ बजे होटल सताञ्चुली, विदुरमा नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको ७.३०% अर्थात ३ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस पारित गर्नेछ ।

साधारण सभाका लागि बैंकले बैशाख २० गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख १९ गतेसम्म कायम रहेका सबै सेयरधनीले बैंकले पारित गर्ने बोनस प्राप्त गर्नेछन् । 

साथै, बैंकले उपयुक्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विशेष प्रस्ताव समेत पारित गर्देछ भने कार्यक्षेत्र विस्तार तथा ३ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि साधारण सभामा राखिएको छ ।

४५ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाम्रोको बोनसपश्चात ४९ करोड २१ लाख रुपैयाँ पूँजी कायम हुनेछ । एक जिल्ले विकास बैंकले राष्ट्र बैंकको निर्देशन अनुरुप ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।