खराब कर्जा असुलेपछि बेष्ट फाइनान्स ३ करोड ४६ लाख खुद नाफामा

Apr 22, 2018 Merolagani

चालु अर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बेष्ट फाइनान्स (BFC) ले ३ करोड ४६ लाख ६९ हजार खुद नाफा कमाई गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सले २ करोड ५० लाख रुपैयाँ घाटामा रहेको थियो ।

फाइनान्सले निष्कृय कर्जा अनुपात ९३.५३ बाट ह्वात्तै घटाएर ५८.२० प्रतिशतमा झारेको छ । यस अवधिमा फाइनान्सले तीन करोड ८९ लाख खराब कर्जा असुली गरेको छ । १२ लाख सञ्चालन नोक्सानीमा रहेको कम्पनी खराब कर्जा असुलीबाटै नाफामा पुगेको हो । यससँगै कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा पुगेको छ ।

कम्पनीले तेश्रो त्रैमासमा १८ करोड ७६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने २५ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समस्याग्रस्तबाट मुक्त्त भएकाे जनरल फाइनान्सबाट बेष्टमा रुपान्तरण भएको फाइनान्स कम्पनीको जगेडा कोष भने अझै ८ करोड ५५ लाख ऋणात्मक छ।

कम्पनीको अन्य सञ्चालन खर्च बढेको छ भने कर्मचारी खर्च घटेको छ । २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्स सिनर्जी फाइनान्स प्राप्ती गर्ने प्रकृयामा रहेको छ ।

यद्यपि फाइनान्सले अझै खराब कर्जा असुली र व्यवसाय विस्तार गर्दे नकारात्मक सूचकहरूमा सुधार गर्नुपर्ने जरूरी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।