नेपाल बैंक क्रमश: प्रगतिको बाटोमा, ९ महिनाको नाफा २ अर्ब ५६ करोड

Apr 23, 2018 merolagani

नेपाल बैंक (NBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा दुई प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा नाफा घटेको विवरण प्रस्तुत गरेको बैंकले तेस्रो त्रैमासमा प्राय सूचांकहरुमा समेत सुधारिएको विवरण निकालेको छ ।

नेपाल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा दुई अर्ब ५६ करोड ७७ लाख खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा २.०६ प्रतिशत बढी हो ।

गतबर्ष यसै अवधिमा बैंकले २ अर्ब ५१ करोड ५८ लाख खुद नाफा गरेको थियो । गत बर्ष आफ्नो सम्पत्ति तथा सेयर बेचर उच्च नाफा बढाएको बैंकेले  हाल नियमित कारोबाटै नाफा बढाएकाले बैंक बलियो बन्दै गएको देखिन्छ ।

कर्जा तथा निक्षेपको आकार सामान्य बढाएको बैंकको व्याज आम्दानी उल्लेखीय रुपमा बढेको छ । बैकले ९० अर्ब ८१ करोड निक्षेप संकलन गरेर ७९ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ । यसअवधिमा बैंकले ब्याज आम्दानी बाटै ६अर्ब ६० करोड आर्जन गरेको छ भने ब्याज खर्चमा २ अर्ब एक करोड खर्च गरेको छ । जसले गर्दा बैंकले खुद ब्याज आम्दानी बाटै ४ अर्ब ५९ करोड आर्जन गरेको छ ।

बैंकको शुल्क तथा कमिशन, सञ्चालन खर्च तथा कर्मचारी खर्च बढेको छ । बैंकको जोखिम व्यवस्थापन खर्च समेत बढेको छ । बैंकको खर्च बढेपनि संचालन मुनाफा बढ्नु सकारात्मक पक्ष हो ।

 

बैंकको खराब कर्जा असुली गतबर्षको भन्दा कम छ । चैतसम्म बैंकले ३१ करोड खराब कर्जा उठाएको छ । यसअवधिमा बैंकको खराब कर्जाको आकार केही बढेर २.९१ प्रतिशत पुगेको छ ।

विगत वर्षहरुमा ऋणात्मक जगेडाका कारण लगानीकर्तालाई कुनै लाभांस बितरण गर्न नसक्ने अवस्थामा रहेको बैंक अब लाभांस खुवाउन सक्ने अवस्थामा उक्लिएको छ । निरन्तरको सफलताले बैंकको जगेडा कोषको आकार बढ्दै गएको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष ५ अर्ब ९७ करोड नाघेको छ । जगेडाकोष गतबर्षको यसै अवधिको तुलनामा ११६ प्रतिशतले बढी हो ।

चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैंया ५७ पैसा छ । जुन गतबर्ष भन्दा दुई रुपैयाँ धेरै हो । त्यस्तै प्रतिसेयर नेटवर्थ १ सय ७४ रुपैंया ३१ पैसा रहेको छ ।

बैंकको कोषको लागत जम्मा २.९७ प्रतिशत छ भने आधार ब्याजदर ७.११ प्रतिशत छ । जसको सिसिडि रेसियो ७६.४८ प्रतिशत छ । अन्य बैंकहरुलाई कर्जा विस्तार गर्न असहज भएको अवस्थामा नेपाल बैंकलाई खासै समस्या देखिदैन । अन्य बैंकहरुको तुलनामा बैंकको कोषको लागत र आधार ब्याजदर समेत कम भएकाले अन्य भन्दा सस्तोमा ऋण प्रवाह गर्न सक्ने अवस्था रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।