सनराइजको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानीमा ह्रास, खर्च अत्याधिक

Apr 23, 2018 merolagani

संचालन खर्च, कर्मचारी खर्च तथा ब्याज खर्चमा भएको वृद्धिका कारण सनराइज बैंक (SRBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गतबर्षको यसै अवधिको तुलनामा भन्दा संचालन मुनाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । तर बैंकका अन्य सूचकहरु सुधारउन्मुख रहँदा खुद नाफा झण्डै दश प्रतिशतले बढेको छ ।

सनराइज बैंकले तेस्रो त्रैमासमा ९४ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत बर्षको भन्दा ८ करोड ४२ लाख बढी हो । गत वर्ष बैकले ८५ करोड ७९ लाख रुपैयाँ कमाएको थियो। बैंकको नाफा गत वर्षको तुलनामा ९.८१ प्रतिशतले धेरै हो ।

बैंकको खुद ब्याज आम्दानी बढेको छ तर संचालन मुनाफा भने एक करोडले घटेको छ । संचालन खर्च, कर्मचारी खर्च तथा प्रोभिजन रकम बढ्दा बैंकको संचालन मुनाफा घटेको हो । बैंकको संचालन मुनाफा एक करोडले घटेको छ । गतबर्षको तेस्रो त्रैमासमा एक अर्ब १९ करोड गरेकोमा अहिले एक अर्ब १८ करोड संचालन मुनाफा गरेको छ ।

बैंकले ५ अब ४० करोड ब्याज आम्दानी गर्दा ३ अर्ब ४८ करोड ब्याज खर्च गरेको देखिन्छ । जसबाट बैंकले एक अर्ब ९२ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा केही घटेर १.४५ प्रतिशत झरेकोे छ । प्रोभिजनमा ४१ करोड राखेको बैंकले ४१ करोड नै खराबकर्जा उठाएको छ ।

बैंकको कोषको लागत बढेर ७.४० प्रतिशत पुगेको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात भने ७७.९० प्रतिशत छ । बैंकले यसअवधिमा ६५ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पूँजी वृद्धिको अनुपातमा बैंकको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी समेत खुम्चिएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २० रुपैयाँबाट झरेर १५ रुपैयाँ ४१ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ११ पैसा छ ।

चुक्ता पुँजी ५ अर्ब ४५ करोडबाट बढाएर ८ अर्ब १५ करोड रुपैयाँ पुर्याएको सनराइजको जगेडा कोषमा २ अर्ब ४५ करोड छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।