ग्लोबल आइएमई बैंकको तेस्रो त्रैमासिक देखिएन उत्साहप्रद

Apr 23, 2018 merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संचालन मुनाफा तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । संचालन खर्च, खुद ब्याज आम्दानीमा आएको गिरावट र अन्य खर्चहरु बढेपनि बैकले उत्साहप्रद प्रतिवेदन निकाल्न सकेन । बैंकको पूँजकोष समेत खुम्चिएको छ ।

चैत्र मसान्तसम्ममा बैंकले एक अर्ब ४४ करोड खुद नाफा गरेको छ । जुन गतबर्षको यसै अवधिको भन्दा ३ करोड २० लाख कम हो । बैंकको संचालन मुनाफा ७.३५ प्रतिशतले घटेको छ ।

यसअवधिमा बैंकले एक अर्ब ८१ करोड संचालन मुनाफा गरेको छ । जुन गतबर्षको भन्दा १४ करोड कम हो । खूद ब्याज आम्दानी सामान्य बढाएको बैंकले अन्य खर्च नियन्त्रण गर्न नसक्दा मुनाफा घट्न पुगेको हो ।

साथै बैंकको पूँजीकोष गतबर्षको भन्दा ३.६२ प्रतिशतले गिरावट आएको छ । गतबर्ष १२.१६ प्रतिशत रहेको पूँजीकोष अनुपात ११.७२ प्रतिशतमा झरेको छ । बैंकलाई पूँजीकोष बढाउदै लग्नुपर्ने देखिएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २ अर्ब ५७ करोड बराबर निक्षेप संकलन गरी ८९ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १९.५३ प्रतिशत तथा कर्जा प्रवाह २१.७९ प्रतिशतले बढेको हो । बैंकको सिसिडि रेशियो ७५.२९ प्रतिशत छ । अझैपनि बैंकसँग थप कर्जा विस्तार गर्ने अवस्था छ । बैंकको कोषको लागत ८.२२ प्रतिशत छ भने आधारदर ११.६८ प्रतिशत छ ।

यसअवधिमा बैंकको खराब कर्जा केही घटेको छ । बैंकको खराब कर्जा १.५३ प्रतिशतबाट १.२९ प्रतिशत झरेको छ । बैंकले यो अवधिमा ३५ करोड ६१ लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ । २१ करोड रुपैयाँ जोखिम व्यवस्थापनमा राखेको छ ।

बैंकको चुक्ता पुँजी बढेर ८ अर्ब ८८ करोड पुगेको छ । त्यस्तै जगेडाकोषको आकार भने २३ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड पुगेको छ । बढेको पूँजीको अनुपातमा नाफामा प्रगति गर्न नसक्दा यो बैंकले समेत प्रतिसेयर आम्दानी केही खस्केको छ । अघिल्लो वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी २१.६७ रुपैयाँ छ । जुन गतबर्षको भन्दा ५.४९ रुपैयाँ कम हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३५ गुणा कायम भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।