समायोजित मूल्य प्रतिकित्ता २५६ रुपैयाँ कायम भएको छ । बैंकको आधारमूल्य भने प्रतिकित्ता ३०३.९२ रुपैयाँ छ ।
बैंकले बैंशाख २८ गतेदेखि हाल कायम पूँजीको २० प्रतिशत अर्थात १० बराबरको दुई कित्ता अनुपातमा एक करोड १९ लाख ३८ हजार ९९१ दशमलव ६५ कित्ता हकप्रद जारी गर्नेछ ।
वैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भएर कायम रहेका शेयरधनीले हकप्रद सेयरमा आगामी जेठ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् ।
बैंकको हालको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ। हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण शेयरधनीको स्वामित्व ४९ प्रतिशत र संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत कायम हुनेछ।
राष्ट्र बैंकले तोकेकोे ८ अर्ब रुपैयाँ पुर्याउन अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ। बैंकले गत आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ। बैंकले अपुग पूँजी बोनस शेयरबाट पुर्याउन सक्ने देखिन्छ।
बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ । बैंकका सेयरधनीले क्यापिटलको शाखा कार्यालय, कुमारी बैंकका सम्पुर्ण शाखा कार्यालयहरु र आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।