ज्योतिको खुद नाफा १५% बढेपनि प्रतिसेयर अाम्दानी सन्तुलन हुन सकेन

Apr 23, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) ले चालू आवको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले बढाएको छ । गत बर्ष १९ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले तीन करोड बढाएर २२ करोड २४ लाख पुर्याएको हो ।

चुक्ता पूँजी एक अर्ब १० करोडबाट दुई अर्ब ५९ करोडमा बढाएपछि बैंकको प्रतिसेयर आम्दानी भने गत बर्षको तुलनामा आधा घटेर ११ रुपैयाँ ४३ पैसामा झरेकाे  छ । गत बर्ष बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३१ पैसा रहेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात १.२७ प्रतिशतमा बढेपछि कर्जा नोक्सानी व्यवस्था रकम ५ करोड ९८ लाखमा वृद्धि भएको देखिन्छ । जुन गत बर्षको व्यवस्था भन्दा ४१ प्रतिशत बढी हो । यसअवधिमा बैंकले कुनै खराब कर्जा असुली गरेको देखिँदैन ।

बैंकको कर्मचारी खर्च ५५ र अन्य सञ्चालन खर्च ४१ प्रतिशतले बढेको देखिन्छ । यद्यपि बैंकको खुद ब्याज आम्दानी पाँच करोड ३० लाख रूपैयाँ अार्जन गरेकाे देखिन्छ । जगेडा कोष बढाएर ४२ करोड ३९ लाख सञ्चित गरेको छ भने बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुबै ६० प्रतिशतले बढेका छन् । यसले बैंकले व्यवसाय विस्तारलाई भने प्राथमिकता नै राखेको देखिन्छ ।

बैंकको पूँजी कोष ९ प्रतिशत मात्र रहेकाले यसमा सुधार देखिन्छ भने व्याज खर्चलाई घटाउँदै अन्य अनावश्यक खर्च नियन्त्रण गर्न सकेमा मात्र बैंक पूँजी वृद्धिको अनुपातमा प्रतिफल प्रदान गर्न सक्षम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।