गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स पुग्यो धनुषाको जनकपुर

Apr 23, 2018 merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) ले धुनषाको जनकपुरमा आफ्नो नवौ शाखा विस्तार गरेको छ । साथै कम्पनीले चितवनको नारायणघाटमा आफ्नो दशौ शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

हरिहर भवन ललितपुरमा प्रधान कार्यालय रहेको फाइनान्सले काठमाडौको चावहिल, चुच्चेपाटी, कान्तीराजपथहेटौडा,आदर्शनगर विरगञ्ज, चारआली, विर्तामोड, थानारोड दमक, कलैया बजार बारा, मेनरोड जीतपुरबाट वित्तीय सेवा दिदै आएको छ । 

फाइनान्सले चैत मसान्त सम्म रु.२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको जनाएको छ । ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड ६० लाख छ ।

फाइनान्सले आफ्ना सबै शाखा कार्यालय मार्फत बैकिङ्ग सेवामा एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेषणको सुविधा तथा डिपी सेवा र सि आश्वासेवा समेत प्रदान गर्दे आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।