एकैदिन डेढ अर्बको सेयर कारोबार, नाफा सुरक्षित गर्ने होडले नेप्सेमा करेक्सन

Apr 23, 2018 merolagani

लगातार बढीरहेको सेयरबजमार आठौ दिनमा भने २७ अंकको करेक्सन आएको छ । छोटो समयमै उच्च अंकले बढेको बजारमा  प्रवेश गर्ने र नाफा सुरक्षित गर्ने लगानीकताबीच होडबाजी चल्दा नेप्से घटेपनि कारोबार डेढ अर्ब नाघेको छ । नयाँबर्ष लागे यता नेप्सेमा लगातार चौथो दिन अर्ब बढीको कारोबार भएको हो ।

सोमबार बजार खुलेदेखि नै नेप्सेमा तिब्र उतारचढाब देखिएको थियो । छिनभरमै बढ्ने र छिनभरमै घट्ने प्रवृति दिनभर देखिरह्यो । दिनभर उतारचढाव हुँदै अन्तमा नेप्से २७.६४ अंकले घटेर १४१० अंकमा झरेको छ ।

लगातार आठ दिन बढरे झण्डै दुई सय अंक माथि पुगेको बजारमा सोमबार नाफा सुरक्षित गर्नेहरु बढी हाबी देखिएको लगानीकर्ताहरु बताउछन् । यसदिन बजारमा खरिदभन्दा पनि बिक्री चाप बढि देखिएको थियो । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । बढेको बजारमा बजार प्रवेश गर्नेहरु पनि उत्तिकै रहदा कारोबार उच्च भएको उनीहरुको भनाई छ ।

सोमबारको बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ८८ अंकले घटेको छ बैंकिङ समुहको परिसुचक २५.१६ अंक ले घटेको छ । यसैगरी, होटल, विकास बैंक, लघुवित्त, जलविद्युत तथा उत्पादनमुलक समुहको परिसुचक पनि उच्च रुपमा ओरालो लागेका छन् । यसदिन सबै समूहमा गिरावट देखिएको छ ।

सोमबार १७० कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ। जसमध्ये १४५ कम्पनीको शेयर मूल्य घट्यो भने २५ कम्पनीको सेयर मूल्य बढेको छ।

सबैभन्दा बढी नेपाल बैंकको नौ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भयो । राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण सेयर, फरवार्ड माइक्रो तथा नेशनल लाइफ लगायतको उच्च कारोबार भएको छ ।

 


सोमबारको बजारमा स्वदेशी लघुवित्त र मिशन डेभलपमेन्ट बैंकका लगानीकर्ताले झण्डै दश प्रतिशतका दरले कमाए । भागर्व विकास, वल्र्ड मर्चेन्ट तथा सर्पोट माइक्रोफाइनान्स लगायतको पनि सेयरमूल्य पाँच प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा धेरै राद्यी विद्युत कम्पनी, तारा गाउँ होटल र सप्तकोशी डेभलपेमन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।