राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक ५० हजार घुससहित पक्राउ

Apr 23, 2018 RSS

सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीश प्रसाद काफ्ले पक्राउ परेका छन् । 

सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले काफ्लेलाई ५० हजार रुपैयाँ सहित रङ्गेहात पक्राउ गरेकाे हाे ।

युवा स्वरोजगार कार्यक्रममार्फत बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई  सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराए बापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

१० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।