हिमालयन बैंकको संचालन नाफा घट्यो, लागत दोब्बर, निक्षेप वृद्धि कमजोर

Apr 24, 2018 merolagani

हिमालयन बैंक (HBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्म आईपुग्दा संचालन मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा बैंकको खराब कर्जा बढेको छ भने पूँजी बढे अनुसारको कमाई गर्न नसक्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ ।


गतबर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको संचालन मुनाफा एघार प्रतिशतले घटेपनि खुद नाफा भने करिब पाँच प्रतिशतले बढेको छ ।

बैंकले चैतमसान्तसम्ममा एक अर्ब ६१ करोड खुद मुनाफा गरेको छ । जुन गतबर्षको भन्दा ४.९९ प्रतिशत अर्थात ८ करोड मात्रै धेरै हो। गतबर्ष बैंकले एक अर्ब ५३ करोड खुद मुनाफा कमाएको थियो ।

बैंकको निक्षेप लागत ३.२५ प्रतिशतबाट बढेर ६.३५ प्रतिशतमा उक्लेपछि नाफा बढ्न नसकेको हो । ६ अर्ब ८७ करोड व्याज आम्दानी गर्दा बैंकले ३ अर्ब ९६करोड व्याज खर्च गरेको छ । जसबाट बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । गतबर्षको यसै अवधिको भन्दा बैंकको खुद ब्याज आम्दानी ५.०९ प्रतिशतले मात्र बढी हो ।

यस अवधिमा बैंकले ९६ अर्ब ३२करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ३.७० प्रतिशत र कर्जा ९.४४ प्रतिशतले बढेको छ । निक्षेप संकलनमा बैंक कमजोर देखिएको छ ।

कर्जा निक्षेप अनुपात ७८.७४ प्रतिशत पुगेको बैंकको निष्कृय कर्जा अनुपात ०.९० बाट १.१९ प्रतिशतमा बढेको छ । यसले बैंकले थप कर्जा विस्तार गर्ने अवस्था देखिँदैन ।

बैंकको अन्य सञ्चालन आम्दानी केही बढेपनि शूल्क तथा कमिशन र विदेशी मुद्रा सटहीबाट खासै आम्दानी बढ्न सकेको छैन । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च सामान्य बढेको छ भने कर्जा नोक्सानी वापत बैंकले ३५ करोड ९१ लख व्यवस्था गरेको छ । यीनै कारणले बैंकको नाफा बढ्न नसकेको हो ।

चुक्ता पूँजी ६ अर्ब ४९करोडबाट आठ अर्ब ११ करोड रुपैयाँ पुगेपछि बैंकको प्रतिसेयर आम्दानी ३१.५३ रुपैयाँबाट २६.४८ रुपैयाँमा झरेको छ । पूँजी वृद्धिको अनुपातमा आम्दानी बढ्न नसक्दा बैंकको इपिएस तल झरेको हो ।

बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २३ गुणा रहेको छ । बैंकको जगेडाकोष भने बढेर ५ अर्ब २० करोड पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।