सेञ्चुरी बैंकलाई साना संस्था प्राप्तीको खुशी, खुद नाफा दोब्बर

Apr 24, 2018 Merolagani

चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा सेञ्चुरी बैंक (CCBL) को खुद नाफा दोब्बर बढेको छ । साना कम्पनीलाई आफुमा विलय गराएको बैंकले गत बर्ष ३१ करोड ९ लाख खुद नाफा कमाएकोमा अहिले ६३ करोड खुद नाफा आर्जन गरेको हो ।

अल्पाइन डेभलपमेन्ट बैंक, सगरमाथा र सेती फाइनान्स प्राप्ती गरेको बैंकको खुद नाफा बढ्नुलाई प्राप्ती गरेका बैंकहरुको सकारात्मक असर रुपमा लिन सकिन्छ । जुन धेरै हकप्रद जारी गर्ने बैंकहरूमा देखिन्न ।

बैंकको कर्जा प्रवाह निक्षेप संकलन र कर्जा परिचालन उल्लेख्य रुपमा बढ्दा चर्को व्याज खर्चका बाबजुत पनि बैंकले गत बर्ष आर्जन गरेको ७७ करोड खुद ब्याज आम्दानीलाई बढाएर एक अर्ब २२ करोड पुर्याएको छ ।

यस अवधिमा बैंकले ५२ अर्ब ७३ करोड निक्षेप संकलन तथा ५० अर्ब २  करोड कर्जा प्रवाह गरेको देखिन्छ । कर्जा १९ अर्ब ९५ करोड र निक्षेप १९ अर्ब ५८ करोडले बढाएको हो ।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ६८ करोडको चुक्ता पूँजीलाई विकास बैंक र फाइनान्स कम्पनी प्राप्तीबाट आठ अर्ब ०६ करोड पुर्याएको छ । चुक्ता पूँजी वृद्धिको अनुपातमा नाफा पनि वृद्धि गर्दा बैंकको प्रतिसेयर आम्दानीमा भने सन्तुलनमा नै देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी बार्षिक १० रुपैयाँ ४२ पैसा छ । गत बर्ष ११ रुपैयाँ २४ पैसा रहेको थियो ।

बैंकको कर्मचारी र अन्य सञ्चालन खर्च १० करोडले मात्र बढेको देखिन्छ जुन स्वभाविक नै मान्नुपर्छ । गत बर्ष बराबर एक करोड १८ लाख कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले कर्जा असुली बढाएर एक करोड ३२ लाख गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.७६, पूँजी कोष अनुपात १६.३६, कर्जा निक्षेप अनुपात ७८.१८, निक्षेप लागत ८.८८ र आधार ब्याजदर १२.०६ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।