बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमाएक अर्ब ३७ करोड रुपैंया खुद नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा झण्डै २५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब दश करोड रुपैंया खुद नाफा गरेको थियो ।
बैंकले यस अवधिमा चार अर्ब ९२ करोड रहेको चुक्तापूँजी ८ अर्ब नघाएको छ । चुक्तापूँजी बढेको अनुपातमा बैंकको कमाई बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा छ । गतबर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.८७ रुपैयाँ थियो ।
अधिकांस बैंकहरु निक्षेप तान्ने होडबाजीमा लाग्दा एसबिआईको निक्षेप भने घटेको छ । बैंकको निक्षेप १.९० प्रतिशतले घटेको हो । यसअवधिमा बैंकले ८३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ भने ७४ अर्ब कर्जा परिचालन गरेको छ । बैंकको कर्जा प्रवाह झण्डै २० प्रतिशतले बढेको छ । निक्षेप बढाउन नसकेपनि कर्जा बढेपछि बैंकको खुद ब्याज आम्दानी भने ३१ प्रतिशतले बढेको छ ।
बैंकको सिसिडि ७९.२५ प्रतिशत छ । जसले गर्दा बैंकले अब निक्षेप नबढाई कर्जा प्रवाह गर्ने अवस्थामा देखिदैन । बैंकको कोषको लागत ५.२५ प्रतिशत छ भने आधार दर ९.८९ प्रतिशत छ ।
यसअवधिमा बैंकको खराब कर्जाको आकार केही बढेको छ । बैंकको खराब कर्जा ०.१३ प्रतिशत छ । यद्यपी अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम हो । बैंकले यसअवधिमा खराब कर्जा असुली बढाएको छ भने जोखिम वापतको व्यवस्थापन घटाएको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैंया ६९ पैसा हुँदा मूल्य आम्दानी अनुपात २४.०६गुणा बढी छ । यसअवधिमा बैंकको जगेडाकोषको आकार पनि ३३ प्रतिशतले बढेर चार अर्ब १५ करोड पुगेको छ ।