प्राइमकाे पूँजी बृद्धिको अनुपातमा नाफा उच्च, प्रतिसेयर आम्दानी सुधार

Apr 24, 2018 Merolagani

विराटलक्ष्मी विकास बैंकलाई आफुमा मिलाएको प्राइम कर्मर्सियल बैंक (PCBL) ले तेस्रो त्रैमासमा खुद नाफा उल्लेख्य बढाएकाे छ । गत बर्ष ८८ करोड २९ लाख खुद नाफा अार्जन गरेको बैंकले ४२ प्रतिशतले खुद नाफा बढाएर एक अर्ब २५ करोड ८५ लाख रूपैयाँ पुर्याएको हो ।

पाँच अर्ब ७९ करोडबाट आठ अर्ब तीन करोड चुक्ता पूँजी कायम गरेको बैंकले प्रतिसेयर आम्दानी गत बर्षको भन्दा केही बढाएर २० रुपैयाँ ८९ पैसा कायम गरेको छ ।

बैंकको जगेडा कोष ३९ प्रतिशतले बढेर दुई अर्ब ६६ करोड सञ्चित हुन पुगेको देखिन्छ ।

बैंकले निक्षेप संकलन ३२ र कर्जा परिचालन ३६ प्रतिशतले बढाएको छ । यस अवधिमा बैंकले ७४ अर्ब २० करोड निक्षेप संकलन गरि ६६ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको हो । बैंकले खुद व्याज आम्दानी ३७ करोड ८८ लाख रुपैयाँ बढाएर एक अर्ब ६९ करोड आर्जन गरेको छ ।

खराब कर्जा १.३७ बाट घटाएर १.०६ मा झार्दा खराब कर्जा नोक्सानी व्यवस्था २४ करोड ९५ लाख गरेको छ । बैंकले १५ करोड ३६ लाख कर्जा असुली गरेपछि नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।

बैंकको कर्मचारी खर्च ८ करोड ३१ लाख बढेर २६ करोड ९० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च १७ करोडबाट बढेर २५ करोड पुगेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७७.६४, निक्षेप लागत ८.५३, आधार ब्याजदर ११.१०, र पूँजी कोष अनुपात १२.५१ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १३३.१२ पैसा र मूल्य आम्दानी अनु्पात १४.१२ गुणा बढी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।