लक्ष्मी लघुवित्तको नाफा घट्यो, तेस्रो त्रैमासमा कमायो ६ करोड ६६ लाख

Apr 24, 2018 merolagani

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६६ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९६ प्रतिशत कम हो ।  संचालक मुनाफा र खुद ब्याज आम्दानी घटेपछि कम्पनीको नाफा घट्न पुगेको हो ।

कम्पनीको चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ छ भने जगेडा कोषमा १७ करोड ८१ लाख राखेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी ०.३२ प्रतिशत बढेको छ भने संचालन मुनाफा १५.७९ प्रतिशत घटेको छ । कम्पनीको निष्क्रिय कर्जा बढेर १.२१ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३६.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.५२, प्रति शेयर नेटवर्थ १७३.६१ रुपैयाँ रहेको छ । संस्थाको तरलता अनुपात भने १७.६२ प्रतिशत रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।