सांग्रिला डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो ११.८० प्रतिशत लाभांश

Apr 24, 2018 Merolagani

सांग्रीला डेभलपमेन्ट बैंक (SADBL) ले गत बर्षको नाफाबाट सेयरधनीलाई चुक्त्ता पूँजीकाे २.५० प्रतिशत बोनस तथा ९.३०  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोमबार सम्पन्न बैंक सञ्चालक समितिको २०३ औं बैठकले बाेनस र नगद गरि कूल ११.८०  प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 बैंकले हालै जारी गरेको ८० प्रतिशत हकप्रदपछि कायम चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँको २.५० प्रतिशत बराबरको ६ करोड ११ लाख ३० हजार ४०० रुपैयाँको बोनस तथा ९.३० प्रतिशत बराबरको २२ करोड ७४ लाख ८ हजार ६७८ रुपैयाँको नगद गरि कूल २८ करोड ८५ लाख ३९ हजार ७८ रुपैयाँ लाभांश वितरण गर्नेछ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र सेयरधनीलाई वितरण हुनेछ। बोनस पश्चात बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई दिएको निर्देशन बमोजिम दुई अर्ब ५० करोड ६३ लाख ८५ हजार कायम हुनेछ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।