फाइनान्सले ब्याज आम्दानीको अनुपातमा खर्च बढी गर्दा १ करोड ६२ लाख खुद ब्याज आम्दानी घटेको छ । एक करोड बढी कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा भएकाे बढाेत्तरी र खराब कर्जा नोक्सानी एक करोड १४ लाख व्यवस्था गरेपछि कम्पनीको समग्र नाफा घटेको हो ।
१५ प्रतिशत हकप्रद जारी गरेपनि चुक्ता पूँजीमा पूँजीकृत नगरी कम्पनीले ६५ करोड ५७ लाख रुपैयाँ मात्र देखाएको छ । जगेडा कोषमा १९ करोड ३५ लाख वृद्धि गरि ३९ करोड २२ लाख सञ्चित गरेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २९ पैसा रहेको छ ।
यस अवधिमा फाइनान्सको ४ अर्ब ४ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरि ३ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ । फाइनान्सले निक्षेप संकलन १८.०६ र कर्जा प्रवाह १८.९४ प्रतिशतले बढाएको छ ।
फाइनान्स कम्पनीको निष्कृय कर्जा अनुपात १.२६, निक्षेप लागत ८.८५, आधार ब्याजदर १२.१८, र कर्जा निक्षेप अनुपात ७३.९५ प्रतिशत रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात १२.२५ गुणा बढी रहेको देखिन्छ ।