बैंकको संचालनमा नाफा २.९२ प्रतिशत तथा खुद ब्याज आम्दानी ४.३६ प्रतिशतले घटेको छ । यसअवधिमा एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेको बैंकले एक अर्ब २१ करोड ब्याज खर्च गरेको छ भने खुद ब्याज आम्दानीबाट ६४ करोड कमाएको छ । खुद ब्याज आम्दानी गतबर्षको भन्दा तीन करोड कम हो ।
समीक्षा अवधिमा बैंकले ३९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३६ करोड ७९ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । जुन गतबर्षको भन्दा ६.२३ प्रतिशत अर्थात २ करोड २३ लाख रुपैयाँ बढी हो ।
खराब कर्जा असुलीमा ध्यान दिएपछि कैलाशको खुद नाफा बढेको हो । बैंकले खराब कर्जा पचास प्रतिशतले झारेर ०.४६ प्रतिशतमा झारेको छ । त्यस्तै अन्य खर्चहरु पनि नियन्त्रण गर्ने कोशिस गरेको छ ।
चैत मसान्तसम्म बैंकले ४६ करोड सञ्चालन मुनाफा गरेको छ । यो गत वर्षको भन्दा एक करोड कम हो ।
चुक्ता पूँजी २ अर्ब ५० करोड नघाएको बैंकको जगेडा कोषमा ९३ करोड छ । बैंकले यसअवधिमा २० अर्ब बढी निक्षेप संकलन गरेर १८ अर्ब कर्जा प्रवाह गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ, निष्कृय कर्जा अनुपात ०.४६, सीडी रेसियो ७७.३३, आधार ब्याजदर १२.४६ र निक्षेप लागत ९.४० प्रतिशत छ ।