कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताबाट आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु ग्रुपले चुम्दै जाने बताए । उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, ग्रुपका डिरेक्टर विमल सावर्थिया सिइओ डिकेश मलहोत्रा, ३ सय भन्दा बढी कर्मचारी लगायत अन्यको सहभागिता थियो ।
विगत २६ वर्षमा आइएमएस ग्रुप क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ । ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि गरेको कम्पनीले देशभरमा आफ्नो उपस्थिति बढाउन १२ वटा कम्पनी स्थापना गरेको छ । आई.एम.एस्. ग्रुप अन्तर्गत २० कम्पनीहरु रहेका छन् ।