रूस, भारत, भेनेजुयला, टर्की, नर्वे, स्वीट्जरल्याण्ड र सिङ्गापुरले पनि चीनद्वारा विगत केही समयदेखि टड्कारोरूपमा उठाउँदै आएको चासोमा आवाज थपेका हुन् ।
वासिङ्टनले आफ्नो स्टिल तथा आल्मुनियमको राष्ट्रिय सुरक्षाका लागि भनी लिएको कदमले डब्लुटिओको अन्तर्राष्ट्रिय व्यापार नियमनका लागि बनाइएको कानूनको उल्लङ्घन गरेको भन्दै उनीहरूले समितिलाई अमेरिकासँग विचारविमर्श गर्न आग्रह गरेका छन् ।
विश्वका व्यापारिक समूह तथा सहयोगी संगठनबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैबर्षको मार्च ८ मा आयात गरिने स्टिलमा थप २५ प्रतिशत र आल्मुनियममा १० कर लगाउने घोषणासँगै अमेरिकी प्रशासनको निर्णयले व्यापक असन्तुष्टि निम्त्याएको छ ।