२० प्रतिशत नगद लाभांश पारित गर्न बुटवल पावरले बोलायो साधारण सभा

Apr 24, 2018 merolagani

बुटवल पावर कम्पनी (BPCL) ले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब पारित गर्न जेष्ठ ८ गते साधारणसभा बोलाएको छ । कम्पनीको २५ औं बार्षिक साधारण सभाल ४४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।



साधारण सभा काठमाडौको बबरमहल स्थित कार्की ब्याङक्वेटमा जेष्ठ ८ गते मंगलबार १० बजे देखि सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको एफपिओ सेयर खरिद गर्ने सेयरधनीहरुले पनि उक्त नगद लाभांस प्राप्त गर्ने पावर कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख २७ गतेदेखि बुकक्लोज गर्ने जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी दुई अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।