अर्ब बढी कारोबारको श्रृखलामा ब्रेक, सस्ता कम्पनी लगानीकर्ताको छनौटमा

Apr 24, 2018 merolagani

लगातार चार दिन अर्ब बढीको सेयर कारोबार भएको सेयरबजारमा पाँचौ दिन ब्रेक लागेको छ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार रकम समेत ह्वात्तै घटेको छ । बजार घट्दा तुलनात्मक रुपमा सेयरमूल्य कम भएका कम्पनीहरु लगानीकर्ताको छनौटमा देखिएका छन् ।


मंगलबार बजार खुलेदेखिनै नागवेली चालमा उतारचढाबपूर्ण रहेको नेप्से अन्तत झण्डै १६ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से १३९४.८६ अंकमा झरेको छ ।

व्यापार बाहेक सबै समूहका सूचक घटेपछि समग्र बजार ओरालो लागेको हो ।

यसदिन १७० कम्पनीको झण्डै ७४ करोड बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७७ करोड कम हो ।

आजै वित्तीय विवरण सार्वजनिक गर्ने एसबिआई, प्राइम, लक्ष्मी बैंक र हिमालयन बैंकको सेयरमूल्य भने घटेको छ ।  धेरै कित्ता सेयर कारोबार हुनेमा भने प्रोगेशिभ फाइनान्स अगाडि देखापरेको छ । यो कम्पनीको एक लाख ६० हजार कित्ता संस्थापक सेयर तथा करिब २९ हजार कित्ता साधारण सेयर किनबेच भएको छ ।

मंगलबारको बजारमा सेञ्चुरी कर्मिसयल बैंक लगानीकर्ताको रोजाईमा परेको छ । शतप्रतिशत खुद नाफा बढोत्तरी गरेको प्रतिवेदन सार्वजनिक गरेको बैंकमा लगानीकर्ताको आर्कषण देखिएको हो। सेञ्चुरीको एक लाख ३९ हजार कित्ता सेयर २ करोड ७६ लाख रुपैयाँ बराबरमा कारोबार भयो । जसको सेयरमूल्य पनि ५ रुपैयाँले बढेको छ । 

 

सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल बैंक, सानिमा हाइड्रो प्राइम बैंक, सिद्धार्थ बैंक, जनता बैंक, प्रोगेशिभ फाइनान्स तथा सानिमा बैंक लगायतका तुलनात्मक रुपमा सस्तो सेयरमूल्य रहेका कम्पनीहरु लगानीकर्ताको छनौटमा परेका छन् । यी कम्पनीहरु सेयर कित्ताका हिसाबले सबैभन्दा धेरै कारोबार हुने दश कम्पनीमा परेका छन् ।

कारोबार रकमका आधारमा सेञ्चुरी बैंक, नेपाल लाइफ, नेपाल बैंक, राष्ट्रिय बीमा कम्पनी संस्थापक तथा स्वभावलम्बन लघुवित्त लगायतका कम्पनी उच्च कारोबार हुने कम्पनीको दश सूचिभित्र परेका छन्

यसदिन नेशनल माइक्रोका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतले कमाए । एभरेष्ट इन्स्योरेन्स, युनाईटेड हाइड्रो, स्वाभलम्बन लघुवित्त तथा सेञ्चुरी बैंक लगायतको सेयरमूल्य बढेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, कन्काई विकास तथा जेविल्स फाइनान्स लगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।