सनराइज बैंकद्धारा “स्वास्थ्य बीमा सुविधा” अन्तर्गतको उपचार खर्च वितरण

Apr 24, 2018 merolagani

सन्राइज बैंकले  बचतकर्ता मैया बज्राचार्यको शल्यक्रियामा लागेको २१ हजार १९९ रुपैयाँ उपचार खर्च बितरण गरेको छ । बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि प्रदान गर्दे आएको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत उक्त रकम प्रदान गरेको हो।



बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी र अपच कुमार यादबले उक्त रकम प्रदान गरेका हुन् ।

बैंकले आफ्ना बचतकताकोे स्वास्थ्य उपचार लाग्ने एक लाख रुपैयाँ नबढाई ग्राहकको बचत खातामा रहेको बार्षिक मौज्दातको २५ प्रतिशतले हुने आउने सबै भन्दा कम रकमको दाबी गर्ने सक्ने बताएको छ ।

बैंकले आफ्ना ग्राहक दुर्घटनाबाट मृत्यू तथा पूर्णरुपमा अशक्त भएमा ५ लाख नबढ्ने गरि बचत खातामा रहेको रकमको ४ गुणासम्म दाबि गर्न सक्ने पनि बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई सामुहिक दुर्घटना बीमा सुबिधा र स्वास्थ्य बीमा सुविधा दिदैआएको बैंकले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।