कृषि विकास बैंकले बोनस सेयर डिम्याट खातामा पठायो

Apr 24, 2018 merolagani

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गराईसकेको जानकारी दिएका छ । बैंकले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।



बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुने एक करोड ४१ लाख ७५ हजार ३६० कित्ता बोनस सेयरधनीको हितग्राही खातामा पठाइसकेकोे जनाएको छ । सेयर अभौतिकिकरण गर्ने सेयरधनीको सेयर हितग्राही खातामा बोनस सेयर जम्मा भएको बैंकले जनाएको छ । बैंकले वैशाख ६ गते नेप्सेमा बोनस सेयर सूचिकरण गराएको थियो ।

बेनसपछि बैंकको साधारण तर्फको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुगेको छ भने सरकारको अग्राधिकार सेयर सहित बैंकको चुक्ता पूँजी भने १३ अर्ब नाघेको छ ।

बैंकको गत माघ २९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस बोनस तथा कर बापत १.०५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि माघ १५ गते बुकक्लोज गरेकाले माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले बोनस पाउनेछन् ।

सेयर अभौतिकिकरण गर्ने सेयरधनीको सेयर हितग्राही खातामा बोनस सेयर जम्मा भएको बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।