एक साताअघिसम्म ३ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर वैशाख लागे यता बढेर ५ प्रतिशत नाघेको छ ।
तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने क्रममा कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न बैंकहरुले अन्तर बैंक कारोबारलाई बढावा दिएका थिए । जसले गर्दा अन्तर बैंक ब्याजदर पाँच प्रतिशत नाघेको हो ।
तरलता कम भएपछि बैंकहरुको अन्तर ब्याजदर समेत पाँच प्रतिशत नााघेको राष्ट्र बैंकको भनाई छ । ब्याजदर करिडोर नीति अन्तर्गत अन्तर बैंक ब्याजदर पाँच प्रतिशत पुगेपछि राष्ट्र बैंकले बजारमा रकम पठाउने गर्दे आएको छ । यो रकम बैंकहरुले लगेपछि अन्तर बैंक ब्याजदर पाँच प्रतिशतमै सिमित हुने छ । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण करिब ६ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।
रिपोमा बैंक तथा वित्तीय संस्थाले बुधबार ( वैशाख १२ गते) बोलकबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत उक्त रकम बजारमा पठाउन लागेको हो । रिपोको म्याद वैशाख २६ गतेसम्म रहेको छ ।
चालु आर्थिक वर्षको आठ महिना अर्थात फागनुसम्म राष्ट बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत ६० अर्ब १५ करोड र सोझै खरिद बोलकबोलमार्फत्. ३७ अर्ब १० करोड गरी कुल ९७ अर्ब २५ करोड तरलता प्रवाह गरिसकेको छ ।
यस्तो छ बैंकहरुको कर्जा निक्षेप अनुपात
हालसम्म चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरको वाणिज्य बैंकहरुको वित्तीय विवरणले पनि बैंकहरुमा लगानी योग्य रकमको अवस्था सहज नरहेको देखाउछ । अधिकांस बैंकहरुको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको ८० प्रतिशतकै हाराहारीमा पुगेको देखिन्छ ।
तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने एघार वाणिज्य बैंकहरुमध्ये एसबिआई बैंक कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेको छ । ग्लोबल आइएमई बैंक केही सहज अवस्थामा देखिन्छ । प्रायजसो बैंकको यस्तो अनुपात ७६ देखि ७८ प्रतिशतसम्म रहेको छ ।