नेपाल सेवा लघुवित्तको आईपिओ खुल्यो, ५० कित्ता भन्दाबढी आवेदन नगरेकै राम्रो

Apr 25, 2018 merolagani

नेपाल सेवा लघुवित्त वित्तीय संस्था (NSLBSL)  लिमिटेड ले वैशाख १२ गतेदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) को बिक्री खुला गरेको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको हो ।

लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । एक लाख ८० हजार कित्तामध्ये दुई प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले एक लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आबेदन गर्नसक्ने छन् । मेरो शेयरको सुविधा लिएका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट सी आश्वा मार्फत आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीको आइपिओ गोलाप्रथाबाट दश कित्ताका दरले बाँडफाँड हुने हुँदा लगानीकर्ताले ५० कित्ताका लागि मात्र आवेदन गर्दा उपयुक्त देखिन्छ । आइपिओमा वैशाख १२ गतेदेखि १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरि ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैयाँको साधारण सेयर निष्काशन गरे पश्चात चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

२०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार सञ्चालन गरेको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।