मनास्लुलाई भित्र्याएको ओमले जगाउन सकेन उत्साह, नाफा सामान्य बढ्यो

Apr 25, 2018 merolagani

मनास्लु विकास बैंकलाई गाभ्नुका साथै हकप्रद सेयर बिक्री गरेर दुई अर्ब ५१ करोड चुक्ता पूँँजी पुर्याएको ओम डेभलपमेन्ट (ODBL) ले तेस्रो त्रैमासमा खासै उत्साह जगाउन सकेन । बैंकले पूँजी बढेको अनुपातमा व्यवसाय बढाउन नसक्दा नाफा सामान्य बढेको विवरण सार्वजनिक गरेको छ ।


बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ६२ लाख खुद नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा ०.२१ प्रतिशत अर्थात ५ लाख मात्र बढी हो । बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी सामान्य बढेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड पुगेको छ भने जगेडा कोषमा ६७ करोड ९० लाख राखेकोे छ । मर्जर र हकप्रदबाट पूँजी बढाएको बैंकको पूँजी वृद्धिको अनुपातमा कमाई नभएपछि प्रतिसेयर आम्दानी खस्केको छ । बैंकको प्रतिसेयर आम्दनाी २६.०५ रुपैयाँ बाट १४.१२ रुपैयाँमा झरेको छ ।

बैंकले चैत्र मसान्तसम्ममा १९ अर्ब १४ करोड निक्षेप संकलन गरी १७ अर्ब १० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १३ अर्ब ६१ करोड निक्षेप संकलन गरी ११ अर्ब ५५ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकको सिडी रेशियो ७६.६२ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा ०.८२ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.९६ गुणा कायम भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।