सरकारी भुक्तानी र राजश्व संकलन अब विद्युतीय प्रणाली मार्फत

Apr 25, 2018 merolagani

अर्थमन्त्रीको पहिलो निर्णय कार्यान्वयनमा
सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)  प्रणाली लागू गर्ने भएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन ।

अब सरकारबाट गरिने भुक्तानी र राजस्व संकलन विद्युतीय प्रणालीबाट हुनेछन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पद बहालीलगत्तै उक्त निर्णयमा हस्ताक्षर गरेका थिए ।

विद्युतीय बिल भुक्तानी प्रणाली ई–पेमेन्ट सिस्टम कार्यान्वयनमा आएलगत्तै कार्यालयमा आएर राजस्व तिर्न पर्ने अवस्थाको अन्त्य हुने छ भने सेवाग्राहीले घरबाटै सबै किसिमका कर तिर्न सक्नेछन् । हाल सेवाग्राहीहरु सरकारी भुक्तानी लिन सरकारी कार्यालय पुग्नुपर्ने अवस्था छ ।

उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ । मोबाइल भुक्तानी, वास्तविक समयमा भुक्तानी (रियल टाइम पेमेन्ट), डिजिटल पेमेन्ट र नेक्स्ट जेनेरेसन पेमेन्टलाई मिलाएर एकीकृत (युनिफाइड) भुक्तानीका लागि आवश्यक काम राष्ट्र बैंकले गरिरहेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था लागू भएपछि करदाताले आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सिधै सरकारलाई राजस्व भुक्तानी गर्न सक्ने छन् ।

यस्तै सरकारी कार्यालयबाट भुक्तानी लिन बैंकको खाता नम्बर दिएपछि सम्बन्धित कार्यालयबाट सिधै भुक्तानी आदेश भई सम्बन्धित कार्यालयको खातामा रकम जम्मा हुने छ । यो व्यवस्था लागू भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ ।

विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेसिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत व्यवस्था गरेको छ ।

प्रणालीको प्रयोगसँगै न्यायपूर्ण, सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजश्व अधिकतम बनाउन सहयोग पुग्ने बताइएको छ । 

सरकारले २०७५ सालभित्र देशभरका सम्पूर्ण कार्यालयमा अनलाइन पेमेन्ट सिस्टम विस्तार गरिसक्ने योजना बनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।