हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने : अर्थमन्त्री डा. खतिवडा

Apr 25, 2018 rss

जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ ।

सप्रोस नेपाल नामक सामाजिक संस्थाको आयोजनामा आजदेखि यहाँ शुरु भएको ‘नेपाललाई हरियाली बनाउँ’ अनुगमन सम्मेलनमा जैविक कृषि बालीको उत्पादनमा नवीकरणीय ऊर्जाका स्रोत साधनको उपयोग गरी बजारको विकास, विकास र व्यवस्थापन गरी बजारलाई उत्पादक समक्ष नै पर्यावरणीय पर्यटकको माध्यमले पु¥याउन सकिनेमा सहभागी वक्ताहरुले धारणा राखे ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि र जलवायु परिवर्तनको समस्या न्यूनीकरण गरी गरिवी निवारणमा सरकारले जोड दिएको बताए ।

उनले साधारण, सुलभ र उपयोग गर्न सकिने प्रविधिको विकासले नयाँ रोजगारीका अवसरको सिर्जनाको साथै उत्पादकत्वमा वृद्धि भई समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ भने ।

संघीयताको कार्यान्वयनसँगै निर्वार्चित स्थानीय, प्रदेश र संघीय सरकारहरु मुलुकको पुनर्निमाणतर्फ अग्रसर भएको बेला उपलब्ध स्रोतसाधनलाई हरित राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने आवश्यकतामा अर्थमन्त्रीले जोड दिए ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।