निरन्तर बढेको सेयरबजारमा उस्तै गिरावट, अलमलमा लगानीकर्ता

Apr 25, 2018 merolagani

लगातार अंकले उच्च बढेको सेयरबजारमा पछिल्ला दुई दिन भने नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । कारोबारमा आएका अन्य समूह बाहेक सबै समूहका सूचक नकारात्मक रहेपछि समग्र बजार ८.३९ अंकले घटेको छ ।

बुधबार पनि बजार खुलेपछि केही बढेको नेप्सेले दिनभर जसो नागबेली चाल देखाई रह्यो ।

अन्तत बजार बन्द हुने समयसम्म आईपुग्दा ८.३९ अंकले घटेर १३८६.४७ अंकमा झरेको छ ।

यसदिन १६० कम्पनीको झण्डै ५६ करोड बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोड कम हो ।

निरन्तर उच्च अंकले बढेको बजार पुन ओरालो लाग्न थालेपछि लगानीकर्ता अलमलमा परेका छन् । बजार घटेको बेला सेयर किन्नेहरु नाफा सुरक्षित गर्नमै केन्द्रीत देखिन्छन् । भने बजार प्रवेश गर्नेहरु उपयुक्त समयको पर्खाइमा रहेका छन् । निरन्तर बढेको बजारको पछिल्लो घटाईलाई भने सामान्य रुपमै हेरिएको छ ।

बजार विश्लेषकहरु नजरमा बजारमा उच्च उतारचढाब आउने खास कारण देखा परेका छैनन् । कतिपयले आधाजसो  वाणिज्य बैंकहरुले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्थामा बैंकहरुको विवरणले उत्साह जगाउन नसकेको समेत बताउने गरेका छन् ।

 

बुधबारको बजारमा नेपाल ग्रामिण विकास बैंक लगानीकर्ताको रोजाईमा परेको छ । जसको सबैभन्दा धेरै ४ करोड २४ लाखको सेयर किनबेच भयो । उक्त कम्पनीको सेयरमूल्य समेत प्रतिकित्ता १२ रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको कारोबार रकम दुई करोड नाघ्दा अन्य कुनै कम्पनीको दुई करोड बढीको कारोबार हुन सकेन । आजै वित्तीय विवरण सार्वजनिक गरेको इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य पनि सामान्य बढेको छ ।

यसदिन सबैभन्दा धेरै स्वदेशी लघुवित्तको सेयरमूल्य ६ प्रतिशतले बढ्यो भने रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतकै दरले गुमाए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।