राष्ट्र बैंकले २० अर्ब दिदा ९ बैंकले लगे ७ अर्ब ९० करोड, आज १० अर्ब पठाउदै

Apr 26, 2018 merolagani

नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा तरलता अभाव भएर अन्तर बैंक ब्याज दर पाँच प्रतिशत नाघेपछि बुधबार रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउन खोजेको थियो । तर ९ बैंकले ७ अर्ब ९० करोड रुपैयाँ मात्र लगेका छन् ।
बैंक तथा बित्तीय संस्थाहरुले पुरै रकम नलगेपछि राष्ट्र बैंकले बिहीबार फेरि १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।


राष्ट्र बैंकले बुधबार १४ दिनलाई पाँच प्रतिशत ब्याज दरमा २० अर्ब रुपैयाँ रकम लग्न बैंकहरुलाई भनेको थियो ।

ब्याजदर करिडोर नीति अन्तर्गत अन्तर बैंक ब्याजदर पाँच प्रतिशत पुगेपछि राष्ट्र बैंकले बजारमा रकम पठाउने गर्दे आएको छ ।

यो रकम बैंकहरुले लगेपछि अन्तर बैंक ब्याजदर पाँच प्रतिशतमै सिमित हुने छ । 

चालु आर्थिक वर्षको आठ महिना अर्थात फागनुसम्म राष्ट बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत ६० अर्ब १५ करोड र सोझै खरिद बोलकबोलमार्फत्. ३७ अर्ब १० करोड गरी कुल ९७ अर्ब २५ करोड तरलता प्रवाह गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।