स्टान्डर्ड चार्टडलाई निक्षेप जोगाउन सकस, ब्याज खर्च दोब्बर हुँदा पनि ४२ प्रतिशतले बढायो नाफा

Apr 26, 2018 merolagani

गतबर्षको नाफा र जगेडाबाट शतप्रतिशत बोनस बाँडेर आठ अर्ब चुक्तापू्ँजी पुर्याएको स्टान्डर्ड चार्टर्ड बैंक (SCB) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यसअवधिमा ४१.८६ प्रतिशतले नाफा बढाएर एक अर्ब ५० करोड पुर्याएको छ ।

गतबर्षको यसै अवधिमा बैंकले एक अर्ब ६ करोड खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी, संचालन मुनाफा, खराब कर्जा असुली तथा विदेशी मुद्राको कारोबार बाट आम्दानी बढाएपछि नाफा बढेको हो । तर बैंकको पूँजी बढेको अनुपातमा आम्दानी कम हुँदा प्रतिसेयर आम्दानी खस्केको छ । बैंकको प्रतिसेयर आम्दानी ३७.८४ रुपैयाँबाट २५.१२ रुपैयाँमा झरेको छ ।

३ अर्ब ७४ करोडबाट आठ अर्ब एक करोड चुक्तापूँजी पुर्याएको बैंकको जगेडाकोषमा ५ अर्ब ३६ करोड रुपैयाँ छ । गतबर्षको कमाई र जगेडाकोषको रकम उपयोग गरेर बैंकले शतप्रतिशत बोनस वितरण गरेको थियो । बैंकले एफपिओ बिक्री गरेर जगेडाकोष मजबुत बनाएको थियो ।

६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४६ रुपैयाँ कर्जा लगानी गरेको छ । गतबर्षको यसै अवधिको तुलनमा भने बैंकको निक्षेप १२ प्रतिशतले घटेको छ भने कर्जा २४ प्रतिशतले बढेको छ । सीसीडी रेसियो ७६.४४ प्रतिशत छ ।

चैत्रमसान्तसम्ममा बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ३१ करोड रुपैयाँ आर्जन गर्दा एक अर्ब ७ करोड ब्याज खर्च गरेको छ । बैंकको ब्याज खर्च गतबर्षको तुलनामा भन्दा दोब्बर हो । गतबर्ष यसै अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र ब्याज खर्च गरेका थियो । बैंकले यसअवधिमा २ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

यसअवधिमा बैंकले निष्कृष्य कर्जा अनुपातलाई ०.२३ प्रतिशतबाट ०.२१ प्रतिशतमा झारेको छ । बैंकले १३ करोड रुपैयाँ संम्भावित जोखिम व्यवस्था गर्दा चार करोड खराब कर्जा असुलेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.०३ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।