एनएमबी बैंकको यसकारण बढ्यो प्रतिसेयर आम्दानी

Apr 26, 2018 merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा अधिकांस वाणिज्य बैंकले प्रतिसेयर आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरीरहदा एनएमबि बैंक (NMB) ले भने प्रतिसेयर आम्दानी २३ प्रतिशतले बढाएको छ । साथै बैंकका अधिकांस सूचकहरु समेत सकारात्मक देखिएका छन् ।

पूँजी वृद्धिको विकल्पमा प्रकृयागत कारणले अलमलिन पुगेको एनएमबी बैंकले तेस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशतले बढाएपछि प्रतिसेयर आम्दानी पनि बढेको हो ।

बैंकले चालु बर्षको तस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २९ रुपैयाँ देखाएको छ । जबकी गतबर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी २३.६० रुपैयाँ थियो ।

हालसम्म तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये प्रतिसेयर आम्दानी बढोत्तरी गर्नेमा एनएमबी अगाडि देखिएको छ । यसअघि प्राइम कमर्सियल बैंकले इपिएस सामान्य बढेको विवरण सार्वजनिक गरेको थियो ।

बैंकको चुक्ता पूँजी स्थिर रहेकाले प्रति सेयर आम्दानी बढेको हो । हाल बैंकको ६ अर्ब ४६ करोड चुक्ता पूँजी छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन बैंकलाई अझै एक अर्ब ५४ करोड पूँजी आवश्यक छ ।

यद्यपी बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउने क्रममा यो प्रतिसेयर आम्दानीमा संकुचन आउने देखिन्छ । बैंकले एफपिओ निष्काशन गर्न नपाएको खण्डमा उसले बोनसबाट मात्र चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ५ अर्ब ६३ करोड रुपैंया सञ्चित छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब ४१ करोड खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १४ करोड कमाएको थियो । बैंकको नाफा गतबर्षको यसै अवधिमा भन्दा २३.३० प्रतिशतले बढी हो ।

बैंकको निष्कृय कर्जा अनुपात १.७० प्रतिशतबाट १.१० प्रतिशतमा झरेको छ । सिसिडी ७५.३३ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.२९ गुणा बढी रहेको छ । ८५ अर्ब २९ करोड ६२ लाख निक्षेप संकलन गरेको बैंकले ७४ अर्ब १ करोड ३७ लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप २० प्रतिशत तथा कर्जा २३ प्रतिशतले बढेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।