बलिया विकास बैंकहरु गाभेको जनता बैंकको यस्तो प्रगतिलाई कसरी बुझ्ने ?

Apr 26, 2018 merolagani

सिद्धार्थ डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक जस्ता विकास बैंकहरुलाई मर्जर गरेको बनेको जनता बैंक (JBNL) ले विस्तारै मर्जरको लाभ देखाउन थालेपनि आशातित प्रगति झल्काउन सकेको छैन । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंकले झण्डै ५१ प्रतिशतले खुद नाफा बढाएर प्रतिसेयर आम्दानी सन्तुलनमा राख्ने कोशिस भने गरेको छ ।


तेस्रो त्रैमाससम्म बैंकले ५७ करोड ५७ लाख खुद नाफा गरेको छ । जबकी गतबर्ष बैंकको खुद नाफा ३८ करोड १८ लाख थियो । समीक्षा अवधिमा जनता बैंकको खुद नाफा ५०.७६ प्रतिशत बढी हो ।
यसअवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ १११.२६ प्रतिशतले बढाएको छ । गत वर्षको यही अवधिमा ७४ करोड ५२ लाख ब्याज आम्दानी गरेको चालु बर्षमा १ अर्ब ५७ करोडको खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले यो अवधिमा ५४ अर्ब ५७ करोड निक्षेप संकलन गरी ५१ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३५ अर्ब ४६ करोड निक्षेप संकलन गरी ३३ अर्ब २४ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकको निक्षेप तथा कर्जा दुवै ५३ प्रतिशत भन्दा धेरैले बढाएको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ७९.०८ प्रतिशत छ । बैंकलाई निक्षेप नबढाई कर्जा वितरण गर्न कठिनाई छ ।

दुई बलिया विकास बैंक गाभेर आठ अर्ब चुक्ता पूँजी पूर्याएको बैंकको जगेडाकोष पनि ६३ प्रतिशतले बढाएर एक अर्ब ३७ करोड पुर्याएको छ ।

साथै बैंकले यसअवधिमा खराब कर्जा समेत १.९८ प्रतिशतबाट १.९५ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.०९ गुणा कायम भएको छ ।

समग्रमा गतबर्षको तुलनमा बैंकको वित्तीय विवरण सकारात्मक रहेका छन् । तर सिद्धार्थ र त्रिवेणी जस्ता आफैमा राम्रा बैंकहरु  गाभेर बनेको यो बैंकको प्रगतिले लगानीकर्ता सन्तुष्ट हुने ठाँउ भने देखिदैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।