बैंक अफ काठमाण्डूको प्रगति सामान्य, खराब कर्जा बढ्यो

Apr 26, 2018 merolagani

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण हेर्दा बैंक अफ काठमाण्डूको प्रगति सामान्य देखिएको छ । बैंकको खराब कर्जा बढ्दा मुनाफा सामान्य बढेको छ भने प्रतिसेयर आम्दानी खुम्चिएको छ ।

चैत मसान्तसम्म बैंकले ९३ करोड खुद मुनाफा गरेको छ । जुन गतबर्षको यसैवधिको भन्दा करिब पाँच प्रतिशत बढी हो । गतबर्षको यसै अवधिमा बैंकले ८८ करोड खुद मुनाफा गरेको थियो । बैंकको कमाई बढ्न नसक्दा प्रतिसेयर आम्दानी २१ रुपैयाँ बाट १७.५४ रुपैयाँमा झरको छ ।

बैंकले २ अर्ब ब्याज आम्दानी गरेको छ । २४ करोड कमिसनबाट, अन्यबाट ९ करोड ९९ लाख र विदेशी मुद्राको कारोबारबाट १८ करोड कमाएको छ ।

बैंकको खराब कर्जा अनुपात १.७६ प्रतिशतबाट बढेर १.८२ प्रतिशत पुगेको छ ।

यसअवधिमा बैंकले ७३ अर्ब ९०करोड निक्षेप संकलन गरेर ६७ अर्ब २५ करो कर्जा लगानी गरेको छ । बैकको निक्षेप साढे चार प्रतिशत तथा कर्जा सात प्रतिशत भन्दा बढीले बढेको हो । बैंकको सिडी अनुपात ७७.२४ प्रतिशत छ ।

अहिले बैकको चुक्ता पुँजी ७ अर्ब ७ करोड रुपैंया पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ४३ करोड रुपैंया सञ्चित छ । राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी पु¥याउनका लागि अझ करीव ९३ करोड पूँजी वृद्धि गर्नुपर्ने छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७५पैसा छ । पूँजी कोष अनुपात १५.२२ प्रतिशत, आधार ब्याजदर ९.३५ प्रतिशतबाट बढेर १०.७८ प्रतिशत पुगेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।